चौकचौक सडक बत्ती जडान गर्दै २ न. वडा
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा २ को प्रत्येक चौकमा सडक बत्ती जडान गरिरहेको छ । वडाले सडक बत्तीको लागी चौकको पायक पर्ने घरबाट बिजुली ल्याएर सडक बत्ती जडान गरिरहेको हो ।
सिसि क्यामेरा र सडक बत्तीको वडा कार्यालयले ५ लाख रुपैयाँ छुटयाएको अहिले सडक बत्तीको काम भईरहेसके पश्चात सिसिटिभी जडानको काम सम्पन्न गरिने वडा अध्यक्ष नैनाकुमार राईले बताए ।










