संखुवासभामा १२ वर्ष पछि हत्यारा पक्राउ
खाँदबारी । जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्या घटना भएको १२ वर्षपछि एक ब्यात्तीलाई पक्राउ गरेको छ ।
२०६८ फागुन ३ गते साविक तामाकोशी गाबिस वडा न. ५ का रविन जिमीको हत्या गरि फरार रहेका बुद्धे भनिने बुद्धिराज जिमीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिए अनुसार हिजो कात्तिक २३ गते बेलुकाको समयमा उनलाई धर्मदेवी नगरपालिका २ संखुवासभाबाट पक्राउ गरेको थियो ।
...








