ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पथरी । टिङपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ तकिया रोड मोरङमा आज दिउँसो ११ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालको मृत्यु भएको हो । ग्रामथान गाउँपालिका–६ मोरङ वर्ष ३३ पप्पु सहनीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...

ब्राउन सुगर सहित ४ जना पक्राउ

ब्राउन सुगर सहित ४ जना पक्राउ
पथरी । प्रहरीले ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–३ र बिर्तामोड नगरपालिका–४ स्थित उनिहरुलाई पक्राउ गरेको हो । बुधबार इलाका प्रहरी कार्यालय सुरुङ्गा शिवसताक्षी नगरपालिका–८ वर्ष २६ का मदन बिश्वकर्मा, कनकाई नगरपालिका–४ वर्ष ४१ बासुदेव भेटवाल २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनायो । यस्तै गरि राजबिराज नगरपालिका–७ सप्तरीका वर्ष ३५ मो. नसिम र सखुवा...

खोटाङमा भूमिहीनलाई जग्गा दिइने

खोटाङमा भूमिहीनलाई जग्गा दिइने
दित्तेल । खोटाङमा भूमिहिनलाई जग्गा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले प्रक्रिया प्रक्रिया अगाडी बढाएको छ । करिब सात सय ७९ भूमिहीनले आवेदन दर्ता गराएको आधारमा प्रक्रिया अगाडी बढाएको हो । खोटाङमा १० स्थानिय पालिका रहेका छन । स्थानिय पालिकाले तथ्याङ्क पठाएको आधारमा कामको थालनी गरिएको आयोगले जनाएको छ ।

वंशावली तथा मुन्धम प्रकाशन सम्बन्धी अन्तरक्रिया सम्पन्न

वंशावली तथा मुन्धम प्रकाशन सम्बन्धी अन्तरक्रिया सम्पन्न
पथरी । किरात बान्तावा बाछाना राईको वंशावली तथा मुन्धुम प्रकाशन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज आइतबार होटल साल्पामा पथरीशनिश्चरे २ मा बाछाना दाजुभाईहरु भेला भई छलफल कार्यक्र सम्पन्न भएको हो । छलफल कार्यक्रममा भोजपुर सुनसरी, झापा मोरङ, पाँचथर इलाम झापाबाट सहभागी भएको गणेश बछानाले बताए । देश तथा विदेशमा रहने बान्तावा भाषी बाछाना वशले ९८०२७७६८०० मा सम्र्पक गर्न सकिने छ ।

जिप्रका खोटाङको निरीक्षण सम्पन्न

जिप्रका खोटाङको निरीक्षण सम्पन्न
पथरी । जिल्ला प्रहरी कार्यालय खोटाङको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले निरिक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ । आज आइतबार निरीक्षण भ्रमणको क्रममा प्रहरी नायव महानिरिक्षक ज्ञवालीले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षणको क्रममा नागरिकको शान्ती सुरक्षा ध्यान दिदै आवश्यक निर्देशन दिदै निरिक्षण कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न अपराधिक गतिविधि, चोरी तस्क...

हात्तीलाई थापेको धरापमा परी मृत्यु

हात्तीलाई थापेको धरापमा परी मृत्यु
पथरी । जंगली हात्तीको आतंक बढेपछि हात्तीलाई तर्साउन थापेको करेन्ट धरापमा परेरे एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठको करेन्ट धरापमा परि मृत्यु भएको हो । हात्तीबाट बच्नको लागी घर परिपरि करेन्ट फिट गरेर सुतेको र राती करिब ११ः३० बजेको समयमा पिसाव गर्न बाहिर निस्कदा उनैले थापेको धरापमा परि घाइते भएका थिए । घाइते अवस्था रहेको श्रेष्ठलाई परिवार स्...

सोलुखुम्बु, मोटरसाईकल दुर्घटनाहुँदा एकको मृत्यु

पथरी । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ रमितेमा मोटरसाईकल दुरघटना हुँदा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो सोलुखुम्बुको काकुँबाट बासा तर्फ जाँदै गरेको बा. ४४ प २६१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय हेम कुमार राईको मृत्यु भएको हो । मृतक राईको उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताबमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम...

नेवि संघको मोरङ अध्यक्षमा पोख्रेल नियुत्त

नेवि संघको मोरङ अध्यक्षमा पोख्रेल नियुत्त
पथरी । नेपाल बिद्यार्थी संघ जिल्ला समिति मोरङको अध्यक्षमा सरोज पोख्रेल नियुत्त भएका छन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको सभापतिमा पोख्रेललाई आज माघ ९ गते नियुत्त गरेको हो । संघको केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको पत्र अनुसार पोख्रेललाई पार्टीको बिधान अनुसार मोरङ अध्यक्षमा नियुत्त गरिएको जनाइएको छ ।

१ न. प्रदेश प्रहरी प्रमुखद्धरा सिमा नाका निरिक्षण

१ न. प्रदेश प्रहरी प्रमुखद्धरा सिमा नाका निरिक्षण
पथरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले आज सोमबार सिमा नाकाको अवलोकन भ्रमण गरेका छन । प्रदेश न. को झापा जिल्लालाई भारतसंग जोडिएको सिमा नाका क्षेत्र अवलोकन गरेका हुन । नेपाल भारत सिमा नाका काकरभिट्टा एरियाको सिमावर्ती क्षेत्रको निरीक्षण भ्रमण सम्पन्न गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सुचना अधिकारीले जानकारी दिएका छन । सिमावर्ती क्षेत्रहरुबाट हुने चो...

सुनसरीका विक्रम आचार्यको मलेसियामा मृत्यु

सुनसरीका विक्रम आचार्यको मलेसियामा मृत्यु
पथरी । सुनसरी इनरुवा, राम्धुनी नगरपालिका ८ का विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको छ । वैदेशिक रोजगारको लागी पाँच बर्ष अघि मलेसिया पुगेका आचार्यको हिजो आइतबार सुतेकै अवस्थामा मृत्यु भएको हो । नेपालबाट साम्झौता गरेर गएको कम्पनीले काम राम्रो दिन नसके पछि कम्पनी छाडी अबैध रुपमा लुकेर काम गर्दै आएका उनलाई चिन्ने साथी अविरल क्षेत्रीले जानकारी दिए । मृतक आचार्य मलेसियाको क्वालालाम्...