संखुवासभामा १२ वर्ष पछि हत्यारा पक्राउ

संखुवासभामा १२ वर्ष पछि हत्यारा पक्राउ
खाँदबारी । जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्या घटना भएको १२ वर्षपछि एक ब्यात्तीलाई पक्राउ गरेको छ । २०६८ फागुन ३ गते साविक तामाकोशी गाबिस वडा न. ५ का रविन जिमीको हत्या गरि फरार रहेका बुद्धे भनिने बुद्धिराज जिमीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिए अनुसार हिजो कात्तिक २३ गते बेलुकाको समयमा उनलाई धर्मदेवी नगरपालिका २ संखुवासभाबाट पक्राउ गरेको थियो । ...

२८ दिनका लागी कारागार चलान

२८ दिनका लागी कारागार चलान
विराटनगर । लागुऔषधका फरार प्रतिवादी पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय विराटनगरको (पिआइटी) बाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका धरान उपमहानगर पालिका १४ बस्ने वर्ष २४ का पारुहाङ राई २८ दिनका लागी जेल चलान भएको प्रहरीले जनायो । राईलाई जिल्ला अदालत सुनसरीले २०६९ चैत्र १५ गतेको फैसला अनुसार कैद भुत्तान गर्नका लागी झम्का कारागार पठाइएको जानकारी दियो ।

नोवेल अस्पतालमा ३ दिने कार्यसाला सम्पन्न

नोवेल अस्पतालमा ३ दिने कार्यसाला सम्पन्न
विराटनगर । नेवेल मेडिकल शिक्षण अस्पताल विराटनगरमा दन्त चिकित्सा, नर्सिङ्ग, फिजियोथेरापी लगायतका शैक्षिक कार्यक्रमका फ्याकल्टी सदस्यहरुका लागि ३ दिने कार्यसाला तालिम सम्पन्न भएको छ । अस्पतालको सभाहलमा विषयगत सिकाइ स्तर वृद्धि तालिम हिजो सम्पन्न भएको हो । कार्तिक १५ देखी १७ गतेसम्मा ३ दिने कार्यशालामा ४३ जना विषयगत सदस्यहरुको सहभागिता रहेको थियो । नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घि...

मजदुर नेतालाई मातृशोक

मजदुर नेतालाई मातृशोक
पथरी । मजदुर नेता ज्ञानबहादुर बिश्वकर्मालाई मातृशोक परेको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. ८ निवासी बिश्वकर्मालाई मातृशोक परेको हो । बिश्वकर्माको आमा चन्द्रकुमारी बिश्वकर्माको यहि कात्तिक ४ गते ९० वर्षको उमेरमा निधन भएको थियो । आज शनिवार निजनिवास पुगेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले समावेदना पत्र प्रदान गर्दै श्रदाञ्जली कार्यक्रम गरेका थिए । ज्ञानबहादुर...

झापामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

झापामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
विराटनगर । नोवेल मेडिकल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा झापाको कन्काईमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । असोज २६ गते जेष्ठ नागरिक संघ कन्काई, झापाको आयोजना र नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाको सह—आयोजना साथै नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग शिविर सम्पन्न भएको हो । पालिकाको वडा न. १ स्थित जेष्ठ नागरिक संघको भवनमा एक दिवसीय नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएक...

प्रतिबन्धित औषधी बरामद

प्रतिबन्धित औषधी बरामद
विराटनगर । भारतबाट नेपाल ल्याउदै गरेको प्रतिबन्धीत औषधी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए अनुसार असोज २० गते ११:४५ बजेको समयमा ठुलो मात्रामा प्रतिबन्धीत औषधी बरामद गरेको हो । विराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा भन्सार छलेर झोलामा बोकी ल्याउदै गरेको औषधीहरु ३ लाख एक्काइस हजारको औषधी बरामद गरेको थियो । प्रहरीको सि.आर.भी. टोलीलाई देख्नासाथ उक्त औषधीहर...

६ किलो गाँजा सहित २ जना युवा पक्राउ

बिराटनगर । ६ किलो गाँजा सहित प्रहरीले २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ यादव टोल मोरङबाट वर्ष २५ बिबेक राय र वर्ष २२ सुरज राय ६ किलो गाँजा सहित पक्राउ परेको हो । आज दिउँसो सवा १२ बजेको समयमा प्रहरी टोलिले नेपालबाट भारततर्फ बोरा बोकेर जाँदै गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरु विराटनगर महानगरपालिका ८ स्थाई बासिन्दा हुन । उनिहरुलाई ईलाक...

पथरीशनिश्चरेबाट प्रदेश कमिटिमा राई र भण्डारी निर्वाचित

पथरीशनिश्चरेबाट प्रदेश कमिटिमा राई र भण्डारी निर्वाचित
पथरी । पथरीशनिश्चरे नगरबाट नेकपा एमालेको प्रदेश कमिटि सदस्यमा २ जना निर्बाचित भएका छन । पथरीशनिश्चरे नगरपालिका कार्यालयका पूर्वप्रमुख दिलिपकुमार राई (किशोर) र देवराज भण्डारी निर्बाचित भएका हुन । राई र भण्डारी पथरीशनिश्चरे नगरपालिका १ का स्थाई बासिन्दा हुन । भण्डारी नेकपा माओबादी केन्द्रबाट समायोजन भइका नेता हुन । यस्तै पथरीशनिश्चरे नगरपालिका कार्यालयका पूर्व उपप्रमुख यमुना बिष्ट बास्तोला र टि...

लागुऔषध सहित ४ जना पक्राउ

गाइघाट । त्रियुगा नगरपालिका ६ पटेर्वा उदयपुरबाट लागुऔषध सहित ३ जना युवा पक्राउ परेका छन । प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ५ बस्ने वर्ष २० का सुबिन राई, वर्ष २२ का बिष्णु श्रेष्ठ र वर्ष २० का अनिल राईलाई पक्राउ परेका हुन । उनिहरुको साथबाट एपिडोल १४९ ट्याब्लेट र स्पासपेन १५० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो ।

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ
दमक । चोरी भएको मोटरसाइकल सहित प्रहरीले २ जना युवाहरुलाई पक्राउ गरेको छ । बाह्रदशी गाउँपालिका २ झापा बस्ने वर्ष ३५ जफिर आलम, भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका घर भएका वर्ष २९ का मो. जुबेर पक्राउ परेका हुन । भद्रपुर नगरपालिका ४ तारानगर झापाबाट चोरी भएको मे ११ प ४३०७ एफजेट मोटरसाईकल सहित पक्राउ परेका थिए । चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प...