छोराले आमाको हत्या गरे
पथरी । लालीगुराँस नगरपालिका–८ सोल्मा तेह्रथुममा छोराले आमाको हत्या गरेका छन् ।
आज बिहीबार अपरान्ह ४ बजेको समयमा वर्ष २३ का दिपक नेपालीले वर्ष ४३ की तीलमाया नेपालीको हत्या गरेको हो ।
आफनै आमालाई दिपकले धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।
आमा तीलमायाको हत्यामा संलग्न दिपकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।




