नोवेलमा ब्रेनएन्यूरिजमको सफल सल्यक्रिया
विराटनगर । नेवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरमा एक १७ वर्षकी किशोरीको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया भएको छ ।
माई नगरपालिका इलामकी १७ वर्षिय बन्दना पोख्रेलको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल सल्यक्रिया भएको हो ।
केही समय अगाडी घरको काम सकेर दिउसोको समयमा आराम गरेकी बन्दनालाई बेहोस अवस्थामा भेट्टाए पछि उपचारको लागी झापाको एक अस्पतालमा उपचार गराउन ल्य...









