ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङ । मेरिङदेन गाउँ पालिका ६ बिप्लेटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न ४ बजेको समयमा चट्याङ लागेर वर्ष १६ का फुर्वा शेर्पाको मृत्यु भएको हो । चौरी गोठाला गई फर्कने क्रममा शेर्पालाई चट्याङ लागेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार मृतकको पोष्र्टमार्टमको लागी कानुनी प्रक्रियाको काम सम्पन्न भएको जनाएको छ ।

लुडो नखेलाउन सुचना

लुडो नखेलाउन सुचना
भोजपुर । टेम्केमैयुङ गाउँ पालिका १ भोजपुरमा  लुडो र तास खेलको कारण झैझगडा हुदै आएको भन्दै नखेलाउन सुचना नै जारी गरेको छ । निमित्त वडा अध्यक्ष गणेश राईले एक सुचना जारी गर्दै तास र लुडो नखेल्न नखेलाउन सुचना नै जारी भएको हो । वडा कार्यालयको लेटरप्याडमा कार्यालयको छाप लगाएर यसरी लुडो नखेल्न र नखेलाउन भन्ने सुचना जारी भएको सम्भवत पहिलो हो ।

भोजपुरका पण्डित पानीको ड्रममा डुबेर मृत्यु

भोजपुरका पण्डित पानीको ड्रममा डुबेर मृत्यु
पथरी । टेम्केमैयुङ गाउँपालिका ७ का पण्डित वर्ष ५५ का केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । इटहरी उप महानगरपालिका मनकामना चौक स्थित पानीको ड्रममा डुबेर नेपालको मृत्यु भएको हो । जेष्ठ नागरिक मन्दिरमा पुजा गरि बस्ने पण्डित नेपालको आइतबार राती पानी ड्रममा मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरी जानकारी दिए अनुसार रामधुनी नगरपालिका २ तित्रीवनमा गुलुम मन्सुरको १ वर्षिया ...

राष्ट्रिय युवा संघ प्रदेश अध्यक्षमा गुरुङ निर्वाचित

राष्ट्रिय युवा संघ प्रदेश अध्यक्षमा गुरुङ निर्वाचित
सुनसरी । राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेशको अधिबेशनले अरुण गुरुङको अध्यक्षतामा नयाँ नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार खुल्ला सत्र गरि शनिवार राती धरानको लाङघाली सामुदायिक वन उपभोत्ता समुहको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो । युवा संघ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँलाई चयन गरिएको छ । प्रवक्तामा मनोज रायलाई चयन गरिएको छ । गुरुङ, बानियाँ र राय सुनसरी भूग...

प्रहरीको लुटेको पेस्तोल ७ जना पक्राउ

प्रहरीको लुटेको पेस्तोल ७ जना पक्राउ
पथरी । डियूटीको शिलशिलामा रहेका सादा पोशाकका प्रहरीको खोसेको पेस्तोल सहित प्रहरीले एक ब्यात्तीलाई पक्राउ गरेको छ । भदौ २४ गते १० बजेको समयमा बुढिगंगा ४ पोठियाबाट रिजवान मियांलाई घरको छानामा लुकाएर राखेको पेस्तोल सहित पक्राउ गरेको हो । भदौ २२ गते इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट ड्यूटीमा खटिएको सादा पोशाकको प्रहरी टोलीलाई आक्रमण गरी घाईते बनाई लुटी लगेको प्रहरीको चाईनिज पेस्तोल लुटेर लगेको ...

किरात राई कलाकारले साकेला ननाचेपछि

किरात राई कलाकारले साकेला ननाचेपछि
पथरी । राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश सम्मेलनमा किरात राई समुदायले बहिस्कार गरेपछि अन्य समुदायले नै साकेला सिली नाचेका छन । शनिबार धरानमा सुरु भएको प्रदेश सम्मेलनमा समुदायगत रुपमा नाच्ने कलाकारले बहिस्कार गरेकोले अन्य समुदायका कलाकारहरुले नै साकेला नाचेको हो । स्थानिय कलाकारले प्रदेशको पुन: नामाङकन गरेर पहिचानको पक्षमा नराखेसम्मा पार्टीहरुको लागी पहिचान झल्कने गरि सास्कृतिक कार्यक्रम न...

भुजेल समाज मोरङमा युवा/महिलामा नयां नेतृत्व

भुजेल समाज मोरङमा युवा/महिलामा नयां नेतृत्व
पथरी । भुजेल समुदायको युवा र महिलाहरु संगठित गरेर मोरङ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । जातिय तथा भाषिक संस्थाको रुपमा रहेको भुजेल समाज सेवा समन्वय समिति मोरङले आफनो भातृ संस्था रुपमा युवा र महिला समिति गठन गरेको हो । शनिबार पथरीशनिश्चरे–१० स्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । भुजेल महिला समाज सेवा समितिको अध्यक्ष मिना भुजेल उपाध्यक्ष रेखा भुजेल...

निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने

निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने
पथरी । किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । किरात राई कर्मचारी संघ मोरङका अध्यक्ष समिता राईको प्रस्तावमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने निर्ण भएको हो । किराया मोरङका सचिव कासीहाङ राईले जानकारी दिए अनुसार अब चाँडै लोकसेवा तयारी कक्षा संचालन गर्र्ने बताए । बिहिबार किरात राई यायोक्खा मोरङका अध्यक्ष केदार चाम्लीङ राईको अध्यक्षतामा भएको...

नोवेल अस्पतालको ३ दिने निशुल्क स्वास्थ्य शिविर

नोवेल अस्पतालको ३ दिने निशुल्क स्वास्थ्य शिविर
पथरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजना र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोगमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । भरौलमा स्थापित महेन्द्र मा. बि.मा संचालन भएको शिविरमा ९ सय जना भन्दा बढी बिरामीले सेवा लिएका थिए । शिविरमा जेनेरल मेडिसिन, छाला रोग, स्त्री तथा प्रसुती रोग, जनरल सर्जरीमा, हाड जोर्नी, नाक कान घाँटीमा, बाल रोगमा, दन्त रोगमा, आँखा परीक्षण ...

१३ वर्षको बालिका आमा बनिन

१३ वर्षको बालिका आमा बनिन
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार १३ वर्षका बालिका आमा बनेकी छिन । गत पौषमा एक १६ वर्ष उमेर पुगेका पुरुष बालकसंग शारिरिक सम्बन्धबाट गर्भ बसेको ति बालिकाले बुधबार नोवेल अस्पताल विराटनगरमा छोरालाई जन्मदिएकी हुन । २ केजी ७ सय ग्रामको छोरालाई ति बालिकाले जन्म दिएकी थिइन । १८ वर्ष भन्दा कम उमेरको बालिकासंग सहमतिमै शारिरिक सम्बन्ध भए पनि कानुनले बलत्कारको रुपमा ब्...