बन्दुकको छर्राले लागेर मृत्यु

बन्दुकको छर्राले लागेर मृत्यु
भोजपुर । भोजपुरको अरुण गापामा भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ । रातामाटेका ४७ वर्षका सुर्यबहादुर खत्रीले आफैंले चलाएको भरुवा बन्दुकको छर्रा लागेपछी उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मंगलवार बेलुकाको समयमा भरेर राखेको बन्दुक पडकेर छर्राले उनको पेटमा लागे पछि उनलाई उपचारको जिल्ला अस्पताल भोजपुरमा उपचारको लागी लगिएको थियो ।

लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम

लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम
टाँटी । मिक्लाजुङ गाउँपालिका वडा न ४, ५ र ६ को संयुक्त आयोजना, अस्थायी प्रहरी चौकी टाँडिको सहजीकरणमा युवाहरुलाई लक्ष्यित गर्दै लागु औसध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार सिंहदेवी आधारभुत बिद्यालय परिसरमा स्थानीय युवा तथा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न गरिएको हो । कार्यक्रममा पछिल्लो समय अत्यधिक युवाहरूले लागु औसध सेवन गर्दै आएको र यस्को निर्मुल गर्न सकिने उपाय बारे...

कोल्ड स्टोर निर्माण सम्पन्न

कोल्ड स्टोर निर्माण सम्पन्न
खोटाङ । खोटाङमा करिव ९० लाखको लागतमा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण भएको छ । रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा ३० टन भार क्षमताका (चिस्यान केन्द्र) निर्माण सम्पन्न भएको हो । उक्त कोल्ड स्टोरको शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो ।

वडाले गर्‍यो वडाअध्यक्ष उम्मेद्धवारको सिफरिस

वडाले गर्‍यो वडाअध्यक्ष उम्मेद्धवारको सिफरिस
उर्लावारी । स्थानिय निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा एमाले पार्टीको २ ओटा वडा कमिटिले सर्बसम्मत उम्मेद्धवारको नाम सिफरिस गरेको छ । उत्त पार्टीको वडा न.३ मा वडाअध्यक्षका उम्मेद्धवारको लागी भिष्म बुढाथोकी र वडा न.६ मा घनश्याम भण्डारीलाई उठाउने सर्बसम्मतीले निणर्य गर्दै नगर कमिटि सिफारिस गरेको हो । संचारकर्मी मिलनके राउतको अनुसार दुवै वडाध्यक्षका उम्मेद्धवारको जित सुनिश्चत रहेको बताए ।

खोटाङमा एमालेको शुभ शंकेत

दित्तेल । स्थानिय निर्वाचनको मिति नजिकिदै जादा खोटाङमा नेकपा एमालेको शुभ संकेत देखिएको छ । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले एकातिर एमाले एक्लै हुदा पनि एमालेले सेटनै जित निकालेको छ । दुई वटा सामुदायिक विद्यालय ब्यवस्थापन समितिको निर्वाचनले स्थानीय तहको निर्वाचनकै झल्को दिएको थियो । खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ को त्रिभुवन मावि र दिक्तेल रुपाकोट म...

साकेला गापा २ का वडा अध्यक्ष सिफारिस

साकेला गापा २ का वडा अध्यक्ष सिफारिस
खेटाङ । नेपाली काँग्रेस पार्टी साकेला गाउँपालिका वडा न. २ बाट वडाअध्यक्ष पदका लागी ३ जना उम्मेद्धवारको नाम सिफारिस गरेको छ । स्थानिय निर्वाचनमा ८ हजार ५ सय ४८ जना मतदाता सङख्या रहेको साकेला गाउँपालिकामा २ न. का लागी राजेन्द्र राई, धनपाल राई (अमर) र मनकुमार राई सिफारिस गरेको हो । यस्तै भोली २३ गते हुने उत्त पार्टीको गाउपालिका बैठकमा गाँउपालिका अध्यक्षका छलफल हुने बताइएको छ । गाँउपालिका अध्यक्ष पद...

गठबन्धनको बैठक मोरङमा

पथरी । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीबीच स्थानिय निर्वाचनलाई लक्षित गरि बैठक बस्न थालेको छ । प्रदेश १ को राजधानी विराटनगरस्थित होटल स्टर्न स्टारमा शुक्रबार छलफल गर्नको लागी बैठक बसेको हो । केन्द्रीय स्तरमा भएका निणर्यहरुलाई कसरी कार्यान्वयन गर्ने विषयलाई बैठक बसेको थियो । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी...

विद्यालयमा इन्टरनेट पहुँच पुग्दै

म्यागलुङ । तेह्रथुमको बिभिन्न विद्यालयहरुमा इन्टरनेटको पहुँच पुग्न थालेपछि अहिले विद्यार्थीहरुमा खुसी छाएको छ । ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा इन्टरनेट जडान भएपछि सामुदायिक विद्यालयमा आर्कसण बढेको छ । विद्यालयका हरेक काम हस्तलिखित हुदै आएपनि हाल इन्टरनेटको माध्यमबाट बिभिन्न सुचना तथा कार्यालयको काम सञ्चालनमा आएको छ । विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जो...

वडा अध्यक्ष यादवको निधन

वडा अध्यक्ष यादवको निधन
गोलबजार । सिरहा जिल्लाको गोलबजार नगरपालिका– ११ कार्यबाहक वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ ।   मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले ...

हलेसी क्षेत्रको खानेपानीमा भलबाढीको जोखिम

हलेसी क्षेत्रको खानेपानीमा भलबाढीको जोखिम दित्तेल । हलेसीतुवाचुङ नगरपालिका क्षेत्रको खानेपानि समस्या समाधान गर्ने उदेश्यले निर्माण गर्दै गरेको बृहत खानेपानी आयोजना भलबाढीले बगाउने जोखिम रहेको छ । (बृहत पम्पिङ) सिस्टमबाट खानेपानी आयोजनाको पाईप जोखिम आँकलन नगरी खोलामा बिछ्याइएको कारण भलबाढीले बगाउने जोखिम बढेको हो । नगर क्षेत्रको खानेपानी समस्यालाई समाधान गर्न दुधकोसीबाट पम्पीङ सिस्टमले निकाल्ने ग...