ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्न चौथो प्रिमियर लिगको आयोजना गरिएको
पथरी । ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले पथरीशनिश्चरे प्रिमियर लिगको चौथो संस्करणको आयोजना गरिएको बताइएको छ ।
कात्तिक १० गतेदेखी २४ गतेसम्मा संचालन हुने पथरी प्रिमियर लिगको चौथो संस्करणको प्रचार प्रसारको लागी शनिबार मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।
लागूऔषधबाट टाढा रहन खेलकुद नै मुख्य आधार भएकोले सबैलाई समेटदै नगरको पहिचान क्रिकेटको माध्यमबाट प...










